पोखराको जनप्रिय क्याम्पसमा नेविसंघ र नयाँशक्ती प्यानल बिजयी

पोखरा, १९ फागुन /पोखराको जनप्रिय क्याम्पसमा नेविसंघ र नयाँशक्ती पार्टी निकट नयाँशक्ती विद्यार्थीको संयुक्त प्यानल अन्तर्गत नेविसंघका आशिक गुरुङ सभापतिमा निर्वाचित भएका छन् । २ हजार २ सय ८९ मतदाता रहेकोमा १ हजार २ सय ७५ मत खसेको जनप्रियमा सभापतिका बिजेता गुरुङले ६ सय ५० मत प्राप्त गरे ।

उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिनोद भण्डारीले ४ सय ९३ मत प्राप्त गरे भने अखिल क्रान्तिकारी प्रचण्डका विशाल तामाङले ६२ र अखिल क्रान्तिकारी विप्लवका हरि पौडेल रोहितले ३९ मत प्राप्त गरे । त्यस्तै सचिवमा संयुक्त प्यानल अन्तर्गत नेविसंघकै ध्रुवराज अधिकारी ६ सय ४७ मत ल्याउदै बिजयी भए । उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुनिल पोखरेलले ४ सय ७५ मत प्राप्त गरे भने अखिल क्रान्तिकारी प्रचण्डका ईश्वर पौडेलले ६४ मत र अखिल क्रान्तिकारी विप्लवका उमा खत्रीले ४७ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा भने अनेरास्ववियुले बिजय हासिल गरेको छ । कोषाध्यक्षमा अनेरास्ववियुका करुणा गुरुङले ५ सय ७५ मत प्राप्त गर्दै बिजय हासिल गरिन् भने निकटतम प्रतिद्वन्द्वी संयुक्त प्यानल अन्तर्गत नयाँशक्तीका सचिन रानाभाटले ५ सय २०, अखिल क्रान्तिकारी प्रचण्डका मनु थापाले ८५ र अखिल क्रान्तिकारी विप्लवका सन्देश बरालले ४८ मत प्राप्त गरे ।

कमेन्टहरु
Loading...