जंगलभित्र नेपाल र भारतका पहलमानको घमासान युद्ध

पोखरा, १८ फागुन/जब जंगलमामुक्कामुक्की शुरु हुनथाल्यो । तब दर्शकहरु एकठाऊँमा जम्माभए । शान्तिवन वाटिकामा जारी तेस्रो सँस्करणको जंगल फेस्टिभल अन्तरगतबुधबार नेपाल र भारतका रेस्लिङ खेलाडीबीच भिडन्त हुने कुरा सुनेरै धेरै जनाजंगलमापुगेकाथिए ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रेस्लिङकै पर्खाईमाथिए । टेलिभिजनमाखुबमज्जामानेर हेरिने रेस्लिङ आँखै अगाडि हेर्न पाउने भएपछि ‘रेस्लिङ लभर’लाई के चाहियो र ?अझै त्यसैमाथि रेस्लिङको महाभिडन्त पनि नेपाल भर्सेज भारतको । पोखराको जंगलमाभएको यो रेस्लिङमादर्शकको हुटिङ नेपाली खेलाडीकै सपोर्टमा बढि आयो ।

बुधबार जंगल फेस्टिभलमा पहिलोपटक रेस्लिङ खेल भएको थियो । बुधबार भएको पहिलो दिनको खेलमाकुल ३ वटा म्याचभएको थियो । खेल अन्तरगतपहिलो म्याचभारतको पोल्टामा प¥यो । त्यस्तै दोस्रो म्याच नेपालले जित्यो भने बुधबार भएको अन्तिमम्याच‘क्वालिफाइड’हुन सकेन । आयोजककाअनुसार ‘क्वालिफाइड’ हुननसकेको म्याचविहिबार खेलाईनेछ ।

टेलिभिजन र फिल्ममा हेर्दै आएको रेस्लिङ लाइभ हेर्न पाएपछि दर्शक निकै रमाएकाथिए । ‘रेस्लिङ प्रतिपोखरेलीदर्शकको चासो देखेर हामीपनिअचम्ममा परेका छौँ ।’ आयोजक परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले भने–‘हामीले सोँचेको भन्दा राम्रो रेस्पोन्स पायौँ ।’ जंगल फेस्टिभलमा अझै ३ दिननिरन्तर रेस्लिङ हुने आयोजकले जानकारी दिएको छ । रेस्लिङ अन्तरगतभारतका ८ र नेपालका ८ जना खेलाडीहरु भिड्दैछन् ।

कमेन्टहरु
Loading...