विन्दुबासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यानल नै विजयी

पोखरा, १८ फागुन/पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यालन नै विजयी भएको छ ।

संस्कृत क्याम्पसमा नेविसंघका केशव आचार्य सातौ स्ववियु सभापति बनेका छन् । उनले ५९ मत ल्याउदै विजयी बने
प्राज्ञिक विद्यार्थी र क्रान्तिकारीका उमेद्वार गोपाल गौतमले ३५ मत प्राप्त गरे ।

स्ववियु सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल बिजयी बने । समानुपातिक तर्फ नेविसंघले दुई सदस्य तथा संयुक्त प्यालनले ३ सदस्य पाएको छ । गोलापर्थामा संयुक्त प्यानलले १ सदस्य बढि जितेको हो ।

कमेन्टहरु
Loading...