पोखराको छोरेपाटन देखि लामेआहाल सडक निमार्ण सुरु

पोखरा, १८ फागुन /पोखरा १७ छोरेपाटनबाट कृस्तिनाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी हुँदै लेखनाथको लामेआहाल जोड्ने सडक स्तरोन्नति कार्य सुरु भएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रको कुल २३ दशमलब ४८२ किमी लम्बाइको सडक स्तरोन्नति गरिने भएको आयोजना व्यवस्थापक राजु रेग्मीले जानकारी दिए।

उनका अनुसार योजना सम्पन्न गर्न करिब २६ करोड २ लाख लागत अनुमान गरिए पनि २१ करोड १८ लाख रुपैयाँमा सम्झौता भएको छ । सडक स्तरोन्नति कार्यको निर्माण सम्झौता विसं २०७२ चैत १ मा भएको र विसं २०७४ फागुन २५ मा काम सम्पन्न हुने छ ।

सडक स्तरोन्नति भएसँगै कास्कीका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी क्षेत्रका स्थानीयवासी लाभान्वित हुने उनको भनाई छ ।

व्यवस्थित सडक निर्माणले भरतपोखरीका हुडिकोट, कोटभैरव, बर पाण्डेथुम, निर्मलपोखरीको फोक्सिङकोटलगायत स्थल पर्यटकको रोजाइमा पर्नाका साथै यहाँबाट जोडिने काउले, सुरौदी जलाधार क्षेत्रमा पर्ने दराङसिङ, छहरा, कुलिङबराह, चवादीलगायत स्थानको समेत विकास हुने अपेक्षा गरिएको छ ।

कमेन्टहरु
Loading...