पोखराका ५ क्याम्पसमा स्ववियु चुनाव, पृथ्वीनारायण क्याम्पसमा रोकियो

पोखरा, १८ फागुन /त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पोखरामा रहेका ५ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले हुदैछ । ६ वटा क्याम्पस भए पनि तालाबन्दीका कारण ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पस भने चुनाव रोकिएको छ ।

पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा निर्वाचन हुदैछ । सुरक्षार्थ ठाउँठाउँमा सुरक्षाकर्मी परिचालित छन् । पोखराका ५ क्याम्पसमा ४ हजार बढि मतदाता छन् ।  पहिलो पटक स्ववियू चुनाव हुन लागेको जनप्रिय बहुमुखी क्याम्पसमा २२ सय ८९ मतदाता छन् । १९ सदस्यीय समितिका लागि विद्यार्थी नेताहरु चुनावी दौडमा छन् ।

अनेरास्ववियूले सभापतिमा विनोद भण्डारी नेबि संघ र नयाँ शक्ति विद्यार्थी प्यानलबाट आशिक गुरुङ, अखिल क्रान्तिकारीले विशाल तामाङ, विप्लप निकट क्रान्तिकारीले हरि पौडेल रोहितलाई अध्यक्षका रुपमा अगाडी बढाएको छ ।
त्यसै गरि पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा १४ सय २९ जना मतदाता छन् । अनेरास्ववियूले ईञ्जिनियरिङ क्याम्पसमा ईन्द्र पौडेल, नेविसंघले सुजित कोईराला, अखिल क्रान्तिकारीका साधुराम लामिछाने, क्रान्तिकारी विप्लवले सुनिल राई सभापतिका रुपमा आगाडी बढाएका छन् ।

अर्को क्याम्पस बन विज्ञान अध्ययन संस्थानमा ३४८ जना मतदाता छन् । संस्थानमा अनेरास्ववियूका विशाल अर्याल, नेविसंघबाट रमेश बोगटी, अखिल क्रान्तिकारीबाट रोहितराज झाले सभापतिका लागि उमेद्वारी दिएका छन् । त्यसै गरि चिकित्सा शास्त्र अध्ययन संस्थान (नर्सिङ) मा दुई सय ६५ मात्रै मतदाता छन् । अनेरास्ववियूले विष्णु देवकोटा,
नेविसंघबाट अनामिका राजलक्ष्मी बस्नेत विच सभापतिका लागि प्रतिस्पर्धा हुनेछ ।

विन्दुबासिनी संस्कृत विद्यापीठमा एक सय दुई जना मतदाता छन् । विद्यापिठमा अनेरास्ववियू, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद् मिलेर गोपाल गौतम र नेविसंघबाट केशव आचार्य सभापतिको दौडमा छन् । पोखराको सबै भन्दा बढि विद्यार्थी पढ्ने पृथ्बीनारायण क्याम्पसमा स्ववियु निर्वाचन भने रोकिएको छ । मनोनयन दर्तापछि अन्तिम समयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरे पछि निर्वाचन रोकिएको हो । फागुन १४ गते राती क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवनको तालाफोडी विद्यार्थी परिचय पत्र चोरी गरेपछि निर्वाचन विथोलिएको हो ।

कमेन्टहरु
Loading...