बाढी पीडितलाई ज्ञानेन्द्रले दिए २५ लाख

७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।

साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84844/#sthash.IRLNC4uk.dpuf

कमेन्टहरु
Loading...