एक सय ५३ जनाको आँखा जाँच

पोखरा, १७ फागुन/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामोदुरी बस तथा मिनिबस इकाईको आयोजनामा सोमबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति र नेपाल स्वास्थ्य कर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा भएको शिविरमा १सय ५३ जनाको आँखा जाँच गरिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट) प्रदेश नम्बर ४ संगठन कमिटीका सचिव मिना गुरुङले शिविरको उद्घाटन गर्दै यातायात मजदुरलाई लक्षित गरि संगठनले रचनात्मक काम गरेको बताइन् । यातायात क्षेत्रको समग्र व्यवस्थापन सहित सडक सुरक्षामा ध्यान दिन पर्ने उल्लेख गर्दै गुरुङले ट्राफिक व्यवस्थापनका लागि यातायात मजदुर र राज्य बढी उत्तरदायी हुनुपर्ने धारणा राखिन् । उनले यातायात क्षेत्रका धेरै कमजोरीहरु हटाउन र पेशा मर्यादित बनाउन यातायात व्यवसायी र मजदुरलाई सुझाव दिइन् ।

जिफन्ट प्रदेश संगठन कमिटीका आर्थिक संयोजक रुद्रबहादुर खत्री, संगठनका केन्द्रीय सचिव कर्णसिह गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी इञ्चार्ज विष्णुबहादुर पराजुली, गण्डकीका उपाध्यक्ष कृष्णबहादुर पाण्डे, हिमालय आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगी,संगठनका अध्यक्ष श्यामकुमार बजगाई, उपाध्यक्ष खेम बहादुर भुजेल, सचिव शिवचन्द्र काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...