पोखरमा स्केट प्रतियोगिता, जुनिय तर्फको उपाधि विवेक तामाङलाई

सागर राज तिमिल्सिना
पोखरा, ८ असार/नेपाल स्केट क्लबको आयोजनामा नेपालमा पहिलो पटक स्केट प्रतियोगिता भएको छ । पोखरमा सन्चालन भएको प्रतियोगिताको दुई इभेन्टमा खेलाइएको थियो । जुनियर तर्फको उपाधि विवेक तामाङले जितेका छन् । त्यसै गरि पहिलो पटक संगम गैरे दास्रो, सुदिप गौतम तेस्रो र सन्तोष पुन चौथो भएका छन् ।

skate3१३ वर्षका माथीकाको प्रतियोगितमा रमन, रोकु, फ्याङक र दिविन भट्राई पहिलो, दोस्रो, तेस्रो र चौथो भए । प्रतियोगितमा काठमाडौका १३ र पोखराका ५ र एक विदेशी गरि १९ जनाको खेलाडीको सहभागिता रहेको थियो । जुन २१ अथात् विश्व स्केट दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको नेपाल स्केट क्लबका अध्यक्ष राम कोइरालाले जानकारी दिए ।

विजेतालाई करिब २० हजार बराबरको पुरस्कार प्रदान गरेका थिए । स्केट खेलको विकासका लागी कोइरालाले पोखरको लेकसाइडमा स्केट पार्क निमार्ण गरेका छन् । यो स्केट पार्क नेपाल कै पहिलो भएको कोइरालाले दावी गरे । करिब ३ लाखको लागतमा निमार्ण गरेको उनले जानकरी दिए ।

 

कमेन्टहरु
Loading...