तिमिलाई माया गर्नको भिडियो सार्वजनिक

पोखरा, १६ फागुन /प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई मायागर्न’को म्युजिकभिडियो सार्वजनिक भएको छ ।

एल्बम उपस्थितीमा रहेको गीत तिमिलाई मायागर्नको संगित तथा संगीत संयोजन योगेशकाजीले गरेका छन् । गीतको भिडियो निर्देशन दिपेन्द्र लामाले गरेका हुन् । लामाले निर्देशन गरेको चलचित्र घामपानी पनि बैशाखमा सार्वजनिक हुँदैछ ।
म्युजिक भिडियोमा नायिका आशिष्मा नकर्मी र मोडल सुवास श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिलखानले गरेका छन् ।

एल्बम उपस्थितीमा प्रकटकुमार शिशिरको एकल शब्द तथा गायक राजसिग्देलको एकल स्वर रहेका छ । दुई महिनापछि सार्वजनिक हुने एल्बममा पाँच वटागीत रहेको गीतकार प्रकटकुमार शिशिरले बताए ।

कमेन्टहरु
Loading...