राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ बालमन्दिरका विद्यार्थीको सहयोग

सागर राज तिमिल्सिना
पोखरा, १५ पोखरा/राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ सहयोगको लागि पोखराको नदिपुरमा रहेको बालमन्दिर विद्यालयका विद्यार्थीहरुले सहयोग गरेका छन् । राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता एंव संयोजक महाविर पुनलाई विद्यार्थीहरुले संकलन गरेको ४० हजार रुपैया आइतबार हस्तान्त्ररण गरे ।

राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ बालमन्दिरका विद्यार्थीको सहयोग तस्बिरः युनिस गुरुङ
राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ बालमन्दिरका विद्यार्थीको सहयोग तस्बिरः युनिस गुरुङ

विद्यालयमा आयोजीत कार्यक्रममा विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सुजन क्षेत्रीले पुनलाई हस्तान्त्ररण गरे । हस्तान्त्ररण कार्यक्रममा पुनले नेपालको विकासका लागि पहिलो चरणमा कृषिमा आधुनीकीकरण गर्न अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले कृषिलाई आधुनीकिकरण गर्न सके नेपाल आत्म निर्भर हुने बताए ।

बाझो खेतलाई हराबरा बनाउन अब विज्ञान कै आवश्यकता रहेको बताए । राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ अहिले सम्म २ करोड २० लाख रकम संकलन भईसकेको बताए । उनले आविस्कार केन्द्रका लागि करिब ५० करोड आवश्यक पर्ने बताए । उनले विद्यार्थीहरुको प्रश्नको उत्तर दिदै उनले आफुले पाएको बहुमुल्य ५ वटा पदक पनि विक्रिमा राखेको बताए । उनले घरमा राख्नु भन्दा विक्रि गरेर राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यले विक्रिमा राखेको बताए । उनले सबैले आविस्कार केन्द्रमा समान अवसर पाउने बताए ।

कमेन्टहरु
Loading...