सडक बालबालिकाको अधिकार जगाउदै पोखरा देखि काठमाडौ पैदल यात्रामा

पोखरा, १५ फागुन /सडक बाल आवाज सस्थाको आयोजनामा फाल्गुन १८ गतेदेखी पोखराबाट काठमाडौं सम्मको पैदल यात्रा हुने भएको छ ।

सडकमा रहेका अनाथ असाहय बालबालिकाहरुको हकहित र अधिकारको बारेमा जनचेतना जगाउने उद्देश्यले गरिने नौ दिने पैदल यात्रा पोखराको पृथ्वीचोकबाट सुरु हुदै तनहुँ, गोर्खा, धादिङ, नुवाकोट हुदै काठमाडौंको बसन्तपुर दरवार स्कवायरसम्म पुग्ने पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङले जानकारी दिए ।

पैदल यात्रामा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङ, कोषाध्यक्ष देवेन्द्र कुमार गुरुङ र सचिव जरिना गुरुङले पोखरा देखि काठमाडौं सम्मको २ सय १० किलोमिटर पैदल यात्रा गर्ने छन् ।

पैदल यात्राको क्रममा स्थानिय जनसमुुदायहरुसंग त्यस क्षेत्रमा रहेका बालबालिकाहरुको अवस्थाबारे जानकारी लिने र उनीहरुको हक अधिकारको बारेमा छलफल समेत गर्नेछ ।  सडक बालबालिकाको अधिकारका लागि आवज बुलन्द बनाउन यसले सहयोग पुग्ने संस्थाका सदस्य शिव न्यौपानेले बताए ।

कमेन्टहरु
Loading...