प्रथम मिस कल्चर पश्चिमाञ्चलको औपचारिक शुभारम्भ

पोखरा १५ फागुन / मिस कल्चर र मिसेस कल्चर नेपाल सफलतापूर्वक सम्पन्न गरेको पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले मिस कल्चर पश्चिमाञ्चल गर्ने भएको छ । सशस्त्र प्रहरीबल मुक्तिनाथ वाहिनी पोखराका निमित्त वाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कृष्णभक्त ब्रम्हचार्यले मिस कल्चर पश्चिमाञ्चलको शनिवार एक कार्यक्रमका विच केक काटेर औपचारिक शुभारम्भ गरे ।

१५ दिन अघि देखि खुल्ला गरिएको आवेदन फारम भर्ने म्याद फागुन १८ गतेसम्म छ । फागुन १९ गतेबाट आवेदन दिएकाहरुको छनौट प्रक्रिया सुरु हुने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए । बैशाख ९ गते पोखरा सभागृहमा हुने अन्तिम प्रतिश्पर्धाका लागि १५ जना छनौट गरिने उनले बताए ।  छनौटमा परेका सहभागीको लागि नेतृत्व र ब्यक्तित्व विकास सम्बन्धि विभिन्न प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिकी अध्यक्ष शोभा गौतमले यसअघि मिस कल्चरको तीन वटा संस्करण र मिसेस कल्चरको एउटा संस्करण सम्पन्न गरिसकेकाले सोहि अनुभवको आधारमा पश्चिमाञ्चललाई मात्रै आधार बनाएर अर्को प्रतियोगिता सञ्चालन गर्न लागिएको बताइन् । सौन्दर्य प्रतियोगिताहरुको भिडमा छुट्टै पहिचान बनाएकाले पनि सस्कृतिको संरक्षण र संबद्र्धनका लागि मिस कल्चर स्थापित हुने उनको विश्वास छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक ब्रम्हचार्यले कार्यक्रम सहित सहभागीहरुलाई पनि सफलताको शुभकामना ब्यक्त गरे । उनले सौन्दर्य प्रतियोगिता प्रति हुने गरेको नकारात्मक टिप्पणीहरुलाई चिर्न मिस कल्चर सफल हुने अपेक्षा गरेका छन् । सौन्दर्य प्रतियोगिता वाहिरी सुन्दरतामा मात्रै केन्द्रित नहुने भएकाले ब्यक्तिको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गराउन तथा ब्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण मञ्च बन्न सक्ने उनले बताए ।

पहिलो पटक हुन लागेको मिस कल्चर पश्चिमाञ्चललाई प्रमुख प्रायोजकको रुपमा गोर्खा ब्रुअरीको सानमिगल वियरले साथ दिएको छ । प्रतियोगिताको ताज पहिरिनेले पुरस्कार स्वरुप स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...