टोल बिकास संस्थाको नियमन गरिने : कार्यकारी ढुङगना

पोखरा १४ फागुन ।स्थानिय जनप्रतिनिधी नहुँदा नगरपालिको कार्यसम्पादनमा कठिनाई भएको पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नबराज ढुङगनाले बताएका छन ।पोखरा ८ प्रतिभामार्ग टोलबिकास संस्थाको १२ औं साधरण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकारी ढुङगनाले  यस्तो बताएका हुन  ।

उनले लामो समयदेखी स्थानिय निकायमा जनप्रतिनिधी नहुँदा टोलबिकास संस्था नगरपालिकाको महत्वपुर्ण अंगको रुपमा रहेको र टोलमा आबस्यक बिकास निर्माण काम टोलबिकास संस्थाले गर्नुपरेको बताए । ढुङगनाले भने “ पोखरा उपमहानगरपालिकामा करिब ५७० टोलबिकास संस्था रहेका छन् । सबै सक्रिय छैनन् र केही नियम बिपरित चलिरहेका छन् तिनको नियमन गरेर कारबाही गर्न जरुरी रहेको छ ।”कार्यक्रममा नेकपा एमालेका वाड नं ८ का अध्यक्ष राज कुमार गिरीले संस्था स्थानिय स्तरमा उदाहरणीय कार्य गरिरहेको बताउदै यस्ता गतिबिधिलाई निरन्तरता दिन आग्रह गरे।

नेकपा माओबादी केन्द वाड नं ८ का अध्यक्ष लक्ष्मी प्रसाद सुबेदीले टोल सरसफाइमा टोलबासीको भुमिका महत्वपुर्ण रहेको भन्दै यसको सिको पोखरामा रहेका अरु टोलबिकासले गर्न सकेमा सुन्दर नगरी बन्न समय नलाग्ने बताए ।यस्तै कार्यक्रममा प्रतिभा मुल सडक उपभोक्ता समीतिकी संयोजक सरस्वती अधिकारीले टोलमा जानको लागी ब्यव्स्थीत सडक नहुँदाको अनुभब बताउदै टोलको सुरक्षाका लागी अब सौर्यबत्ती र खानेपानीको पाइपका लागी रकम ब्यबस्था गरिदिन आग्रह गरिन् ।

प्रतिभामार्ग टोलबिकास संस्थाको १२ औं साधरण सभा

सो अबसरमा संस्थाका पुर्व अध्यक्ष रोमनाथ शर्मा, सल्लाहाकार हरि खनाल लगाएतले संस्थाका बारेमा बिगतदेखी हालसम्मका गतिबिधीका बारेमा बोलेका थिए ।साधरण सभामा जेष्ठ नागरिक सम्मान तथा २०७२ सालको प्रबेशिका परिक्षामा उत्कृष्ठ २ जनालाई सम्मान गरेको छ ।संस्थाका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा भएको सभाको बन्द सत्रले सचिव पदम बस्ताकोटी र कोषाध्यक्ष कालीका चापागाइको प्रतिबेदन पारित गरेको छ ।

कमेन्टहरु
Loading...