बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले देखाए प्रतिभा, सोमबार एकजना बाहिरिने

पोखरा, १४ फागुन । उत्कृष्ट १० मा छनौट भएका बिग आइकनका प्रतिस्पर्धीहरुले शनिबार अघिल्लो चरणको लागि आफ्नो प्रस्तुती दिएका छन् । शनिबार प्रस्तुती दिएका १० जनामध्ये एक जना प्रतियोगी बाहिरिने आयोजक बिग एफएमले जनाएको छ । यो पटकबाट निर्णायकको मतसँगै स्रोताको एसएमएस भोटिङले समते मताधिकार राख्ने भएपछि प्रतियोगिताबाट बाहिरिने प्रकृयामा केहि फरक शैली अपनाईएको हो ।

नयाँ शैली अनुसार अर्को चरणको प्रस्तुती दिनभन्दा अगाडि नै प्रतियोगिताबाट एक जना प्रतियोगी बाहिरिएको घोषणा गरिनेछ । त्यसपछि मात्रै उत्कृष्ट ८ का लागि ९ जना प्रतिस्पर्धीहरु भिड्नेछन् ।शनिबार १० जना प्रतिस्पर्धीले आ–आफ्नो प्रस्तुती दिएसँगै उनीहरुको भोटिङ समेत खुला गरिएको छ । सोमबार हुने आगामी चरणको प्रतिस्पर्धासम्म उनीहरुलाई भोटिङ गर्न सकिने एफएमले जनाएको छ ।

प्रतियोगितामा यतिबेला पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् ।

 

यो पटक बिग आइकनमा कुल ११ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । विभिन्न ११ वटा चरणपछि मात्रै बिग आइकनमा उत्कृष्ट १० जना प्रतियोगीहरु छनौट भएका हुन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...