सशस्त्रमा ३ हजार २ सय दरबन्दी थप

७ असार, काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा ३ हजार २ सय ४३ दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सीमा सुरक्षाका लागि सशस्त्रमा ३ हजार २ सय ४३ दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

साथै नेपाली सेनाका २ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । बैठकले केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बाषिर्क बजेट १० करोड पुर्‍याउने निर्णय गरेको छ भने ६ सचिवको सुरुवा गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा विज्ञान मन्त्रालयका केशवप्रसाद भट्टराईलाई सरुवा गरिएको छ भने सुदूरपश्चिम क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षा, शिक्षा सचिज सोमलाल सुवेदीलाई विज्ञान, महालेखाका नरेन्द्र दहाललाई निर्वाचन आयोगमा, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगोलाई शिक्षा र मध्यपश्चिम क्षेत्रीय प्रशासक उद्धव बास्कोटालाई महालेखा परीक्षकमा सरुवा गरिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84497/#sthash.yWMyho0s.dpuf

कमेन्टहरु
Loading...