पाँचौं अन्तर लायन्स फुटबल प्रतियोगिताको तयारी पुरा

पोखरा, १३ फागुन /लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा, बाराहीखेल मैदान मालेपाटनमा शनिवारदेखि संचालन हुने पाचौें अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७३ को सम्पुर्ण तयारी पुरा भएको छ ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगानाको प्रमुख आतिथ्यतामा हुन गैरहेको उद्घाटन खेलमा डिष्ट्रिक्ट ३२५ बी१ नेपाल अन्र्तगतका १६ वटा लायन्स क्लवहरुको सहभागिता रहने आयोजकले जनाएका छन ।

प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद १५ हजार ५ सय ५५ रुपैया नगद, अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुदिपराज ढुंगानाले बताए ।

प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगिताबाट बचेको रकम सामाजीक क्षेत्रमा आवश्यकता अनुसारको सहयोग गर्नेका साथै पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी बिश्वमा चिनाउने प्रयास गर्नु रहेको क्लबका निवर्तमान अध्यक्ष टंकराज अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...