शिवरात्रीमा नेपाल टेलिकमको अफर

काठमाडौं, १३ फागुन /नेपाल टेलिकमले शिवरात्रीको अवसर पारेर ‘फेस्टिभल अफर’ ल्याएको छ ।

अफरअन्तर्गत ७५ रुपैयाँमा १०० एमबी डाटा खरिद गरी त्यही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै १ सय ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कमेन्टहरु
Loading...