केन्द्रीय सभासदको पुनःमतगणना गर्न माग

पोखरा, १३ फागुन/नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाको फागुन ५ र ६ गते सम्पन्न दशौं अधिवेशन अन्र्तगत केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणनाको माग गर्दै केन्द्रीय सभासदका ११ उमेदवारले निवेदन दिएकाछन् ।

केन्द्रीय सभासद खुलातर्फको मतगणना र मत परिणाम आशंकित अस्वभाविक भएको भन्दै प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरलाई र पत्रकार महासंघ केन्द्रका लागि केन्द्रीय सदस्य तथा प्रतिनीधि सुष्मा पौडेलमार्फत पुनःमतगणना गर्न निवदेन बुझाएका हुन् ।

पुनःमतगणनाका लागि केन्द्रीय सभासद खुला तर्फका उमेदवारहरु हुमबहादुर गुरुङ, सन्देश श्रेष्ठ, नारायण शाही, राम गुरुङ, ऋषिराम बराल, खेम सारु, ओमबहादुर हमाल, राजन उपाध्याय, केशव पाठक, लालप्रसाद शर्मा र घनश्याम पाण्डेले माग गर्नुभएको हो ।

मतगणनामा कुनै अन्यथा भएको छैन भन्ने प्रमाणित गर्नका लागि पनि हाम्रो निवेदनलाई सम्बोधन गर्दै केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणना तत्काल गर्न निर्वाचन समिति र नेपाल पत्रकार महासंघ केन्द्र तयार हुनुपर्दछ निवेदक हुमबहादुर गुरुङको भनाई छ । आलटाल गर्न खोज्न भने थप आशंका उत्पन्न हुने गुरुङले बताउनुभयो ।

कमेन्टहरु
Loading...