विखण्डनकारीलाई निस्तेज पार्न सेना तयार छ -सेनापति

काठमाडौ, १२ फागुन/प्रधानसेनापति राजेन्द्र क्षत्रीले विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्कीने अभिव्यक्ति दिएको र केहीले हतियार उठाउने धम्की दिएको भन्दै भौगोलिक अखण्डता कायम राख्न नेपाली सेना तयार रहेको बताएका छन् । उनले अवाञ्छनीय गतिविधिलाई निस्तेज पार्न बताए ।

सेना दिवसको अवसरमा सकल दर्जालाई बिहीबार सम्बोधन गर्दै क्षत्रीले विखण्डनकारी र हतियार उठाउने धम्की दिने समूहले मुलुकको सांस्कृतिक एवं सामाजिक सदभाव तथा सहिष्णुतालाई चुनौती दिएको बताएका हुन् ।

‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने अवाञ्छनीय गतिविधिलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयार छ ।’ सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनापति क्षत्रीले सेना स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि सेनाले खेलेको भूमिका स्मरण गरेका छन् ।

कमेन्टहरु
Loading...