आयोजकको पहेंलो र संगम होम ग्राउण्ड आठौं विटिकपको उपाधीका लागि भिड्ने

असार ७,पोखरा/आयोजक बुद्धटोल युवा परिवारको पहेंलो र संगम होम ग्राउण्ड पोखराको टुंडिखेलमा जारि आठौ विटि कप अन्तर क्लव नकआउट सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । 

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विटि पहेंलोले संगम वि लाई तथा संगम होम ग्राउण्डले संगम ए लाई पराजित गर्दै उपाधीका लाडि भिड्ने निश्चित गरे । प्रतिस्प्रधात्मक खेलमा विटि पहेंलोले संगम वि लाई टाई ब्रेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरिमा टुंगिएपछि आयोजकले टाई ब्रेकरमा बाजि मा¥यो । निर्धारित समयको खेलमा आयोजकको तर्फबाट म्यान अफ द म्याच समेत भएका विवेक गुरुङ्गले गोल गर्र्दै टोलिलाई अग्रता दिलाएका थिए । तर संगमका किरण गुरुङ्गले गोल गर्दै खेललाई बराबरि फर्काएपछि पराजय टाल्न भने सकेनन् ।

यसअघि शुक्रबारनै भएको पहिलो सेमिफाइनलमा ५ जना अफ्रिन खेलाडी मैदान उतारको संगम होम ग्राउण्डले संगम ए माथि ४–३ गोलको रोचक जित हाँसिल गरेको थियो । खेलमा विजेता टोलको तर्फबाट म्यान अफ द म्याच भएका विदेशि खेलाडी फेमिले २ गोल गरे भने भिक्टोरले एक तथा एक गोल सुसाइटमा उपहार पाएको थियो । संगम ए का लागि टंक गुरुङ्गले २ तथा राकेश गुरुङ्गले १ गोल गरेका थिए ।

कमेन्टहरु
Loading...