मालेपाटनमा जारी फुटबलमा क्वाटर फाईनल खेलहरु बिहीबार देखि

पोखरा, ११ फागुन /मालेपाटन युनाईटेड क्लब द्वारा आयोजित पोखरा कै सर्बाधिक पुरस्कार राशी भएको प्रथम मालेपाटन खुल्ला सेभेन ए साईड को आज देखी क्वाटर फाइनल खेलहरु सुरु हुने भएका छन ।

प्री क्वाटर खेल हरु अन्तर्गत प्रस्याङ एफ सि लाई ट्राब्रेकर मा ४-३ गोल ले हराउदै आयोजक मालेपाटन को टिम ए अगाडी को यात्रा तय गरेको छ त्यस्तै एन सि एस एम एफ सि ले काजी पोखरी एफ सि लाइ पची पार्दै क्वाटर फाइनल को यात्र अगि सारेको छ त्यसैगरी लेक साईड एफ सि र पोखरा – १५ बिच को खेल मा ट्राब्रेकर मा पोखरा -१५ बिजय भएको छ ।

अर्को खेल मा पिस युनाईटेड क्लब लाइ २-१ गोल गर्दै सङम एफ सि ले जित हात पारेको छ भने त्यस्तै डेबिज फल्स एफ सि लाइ ४-१ गोल को अन्तर ले हराउदै एल जि एशोसिएशन ले क्वाटर फाईनल को यात्रा पक्का गरेको छ । सोही दिन बिष्णु पादुका र बि टि गाईज बिच भएको खेल मा २-० गोल बनाउदै जित्त हात पारेको छ ।

त्यसैगरी एकता एफ सि ले कुवाटर फाईनल को लागी अघी बडेको छ भने सो हि दिन को अन्तिम खेल मा रन्जन मेमोरियल एफ सि लाई १-० गोल गर्दै पस्चिम पृतना बिजयपुर हेड्क्वटर बिजय भएको छ ।

कमेन्टहरु
Loading...