झरनालाई खेलकुद क्षेत्रबाट सहयोग आउन शुरु

भुपाल गुरुङ
पोखरा ७ असार/उसु खेलबाट पपुलर पल्सर वर्ष खेलाडीको मनोनयनमा पर्न सफल झरना गुरुङलाई सहयोग आउने क्रम जारी छ । नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनि वितारण गर्दै आएको उपाधिका लागी मनोनयनमा परेकी पोखरेली चेली झरनालाइ खेलकुदका विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ । झरनालाई कास्की ब्याटमिन्टन संघले ५ हजार र गोर्खा आर्मी ट्रेनिङ स्कुल परिवार द्धारा ७ हजार सहयोग गरेको छ । शुक्रबार उक्त संस्थाले सहयोग समितिलाई रकम हन्तान्तरण गरेको हो ।झरनालाई सहयोग गर्नका लागि केहि समय अगाडि पोखरामा खगेन्द्र गौचनको संयोजकत्वमा झरना सहयोग समिति गठन भएको छ । समितिले हाल विभिन्न संघसंस्थासंग सहकार्य गरेर आर्थिक संकलन गरिरहेको छ । समितिले विगतका वर्षमा पोखरेली चेली मञ्जु र सिपोरा गूरुङलाई जस्तै सहयोग गरिदिना आग्रह गरेको छ । झरनाको जित नै समग्र पोखरेलीको जित भएको दावी गर्दै सहयोग समितिका सचिव भुपाल गुरुङले आम पोखरेलीले सहयोग गर्नुपर्ने बताउनुभएको छ। समितिले हाल सम्म करिव ७० हजार संकलन गरिसकेको छ सहयोग आउने क्रम जारी रहेको पनि बताउनुभयो ।
उहाँले झरना लाई भोट गरेर पनि सहयोग गर्न सक्ने बताउनुभयो । भोटिङका लागी मोवाइलको म्यासेस बक्समा गइ उगकिबच एक स्पेस दिइ टाइप गरी ३१३१ मा पठाउन सक्नुहुनेछ साथै आर्थीक सहयोग गरि पनि सहयोग गर्न सकिने छ । साथै आर्थिक सहयोगका लागि पोखराको सिटि डेभलपमेन्ट बैंकमा झरना गुरुङ सहयोग समितीको नाममा रहेको खाता नम्बर ००१००००१४२१० मा रकम जम्मा गरि सहयोग गर्न सकिने जानएको छ ।

 

कमेन्टहरु
Loading...