कृषक समुहमा अनुगमन

पोखरा ७ असार/सीप हस्तान्तरणद्वारा शसक्तिरण (नेष्ट) पोखराले कास्कीका तीन गाविसमा सञ्चालन गरेको जिविकोपार्जन परियोजनाको संयुक्त मुल्याँकन सम्पन भएको छ । जिल्ला विकास समिति कास्की, जिल्ला कृषि विकास कार्यालय कास्की तथा जिल्ला पशु सेवा कार्यालय कास्कीले परियोजनाको संयुक्त अनुगमन गरेका हुन् ।कास्कीको थुम्की गाविस, हंसपुर गाविस र माझठाना गाविसमा गठन भएका कृषक समुहमा संयुक्त अनुगमन भएको परियोजना संयोजक विद्या श्रेष्ठले जानकारी दिए । जिल्ला विकास समितिका इञ्जिनियर अर्जुन न्यौपाने, जिल्ला कृषि विकास कार्यालय कास्कीका बागवानी विकास अधिकृत मनहर कडरिया तथा जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु सेवा अधिकृत शम्भुराज पाण्डेले परियोजनाको अनुगमन गरेका थिए ।

उनले कास्कीको थुम्की स्थित सिर्कुतान कृषि, पशु तथा बचत समुह, अन्नपूर्ण कृषक समुह, शिवशक्ति कृषि सहकारी संस्था तथा दलित कृषि, पशु तथा बचत समुहको नेष्टले परियोजना सञ्चालन गरेपछि आएको परिवर्तनबारे छलफल गरेका थिए ।

कमेन्टहरु
Loading...