पत्रकार शाहीको उपचार गर्न सहकर्मी एकजुट

पोखरा, १० फागुन/अस्वस्थ भएका पोखराका पत्रकार नारायण शाहीको उपचारको लागि सहकर्मी एकजुट भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले कार्यसमिति सदस्य समेत रहेका शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गर्दै यो अभियान सुरु गरेको थियो ।

मञ्चका अध्यक्ष केशव पाठकका अनुसार हालसम्म ३४ हजार सात सय रुपैंया शाहीको उपचारमा हस्तान्तरण गरिसकिएको छ । मंगलबार मात्रै सहकर्मी पत्रकारले रकम संकलन गरी २४ हजार सात सय हस्तान्तरण गरिएको हो । करीब १९ हजार रकम संकलन हुने क्रममा रहेको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

शाहीको उपचारमा थुम्रो ईन्टरनेशनलका तर्फबाट कास्की आवाज दैनिककी अध्यक्ष समेत रहेकी सरस्वती गुरुङले ११ हजार सहयोग प्रदान गरिन् । यस्तै, सहयोग प्रदान गर्ने र गर्ने क्रममा रहेकाहरुमा पोखरान्युजडटकम (गणेश बराल) ३ हजार, सुरेन्द्र पौडेल २ हजार, त्रिभुवन पौडेल २ हजार, राम गुरुङ्ग र प्रशान्त लामिछाने जनही १ हजार ५ सय, रामजी लम्साल १ हजार १ सय ११, विमला भण्डारी १ हजार २ सय २ रहेका छन् । पत्रकार दिपेन्द्र पहारीले ११ सय सहयोग गरेका छन् ।

यसैगरी, रु १ हजार सहयोग गर्नेहरुमा सुष्मा पौडेल, केशब पाठक, श्रीराम सिग्देल, इन्द्र पौडेल, रिशीकान्त पौडेल, दुर्गा पौडेल, नरहरी पौडेल, बसन्त अधिकारी, रुद्र श्रिष मगर, सुरज श्रेष्ठ, कुपा भण्डारी, तारा चापागाँइ दुबे, सुर्दशन रञ्जित, सागरराज तिमिल्सिना, तुलसीराम सुवेदी र ओम हमाल छन् ।

रु ५ सय सहयोग गर्नेहरुमा भिम थापा, प्रकाश ढकाल, नवराज ढुङ्गाना, सरिता तिमिल्सीना, मोती सागर अधिकारी, कृष्ण दवाडी र रञ्जन अधिकारी छन् । गत मंसिर २२ गते पोखरा रामबजारमा मोटरसाईकल दुर्घटनामा परेका शाहीको दाहिने हातको पाखुरा र कुममा भित्री चोट लागेको थियो । उनको माघ ४ गते शल्यक्रिया समेत गरिएको थियो । अहिले शाही फिजियोथेरापी गराईरहेका छन् ।

काठमाडौंबाट २० वर्षअघि दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ४६ वर्षीय शाही पोखरामा विगत ९ वर्षदेखि क्रियाशील छन् । उनी हाल आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा आबद्ध छन् ।

कमेन्टहरु
Loading...