रामबजार युथ क्लब भावी कार्ययोजना सार्वजनिक

पोखरा, ७ असार/रामबजार युथ क्लब दर्ता भएको अवसरमा क्लबले आज क्लवको भावी कार्ययोजना सार्वजनिक गरेको छ । समाजले पत्रकार सम्मेलन गरी भावी कार्ययोजना अन्तर्गत असार १५ गते रक्तदान कार्यक्रम गर्ने जनाएको छ । रामबजार राम मन्दिरचोकमा गरिने रक्तदान कार्यक्रमबाट करीब १ सय यूनिट रगत संकलन गर्ने अपेक्षा गरेको क्लवका अध्यक्ष तिलकबहादुर गुरुङले बताउनुभयो ।क्लवले सार्वजनिक गरेको कार्यक्रम अन्तर्गत ६÷६ महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्ने, समाजमा रहेका विकृति, विसङ्गति हटाउने, लागुपदार्थ दुव्र्यसनी विरुद्घको कार्यहरु ल्याउने, विभिन्न स्वरोजगार कार्यक्रमहरु ल्याउने, खेलकुदको विकासमा टेवा पु¥याउने लगायतका छन् ।

कार्यक्रममा समाजसेवी निरज थापाले संस्थाको विकासको लागि युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अन्य संस्थाले भन्दा रामबजार युथ क्लबले पृथक कार्य गरेर देखाउनुपर्ने बताउँदै अन्य संघसंस्थासँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...