मालेपटन युनाईटेडको आयोजनामा फुटबल जारी

पोखरा, १० फागुन/मालेपाटन युनाईटेड क्लबको आयोजनामा मालेपाटन फुटबल चौरमा जारी प्रथम मालेपाटन फुटबल प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा दाउन्ने देवी एफ सि र अल स्टार क्लब बिच भएको खेलमा अनिल दियालीको एक मात्र गोलले अल स्टार क्लब बिजय भएको छ ।

त्यस्तै दोश्रो खेल मा एकता एफ सिले नव आदर्श सेवा समिति लाई ३- ० गोल को अन्तरले एकता एफ सि बिजय भयो । एकताको तर्फबाट सुरेश गुरुङले २ तथा गणेश थापाले १ गोल गरेका थिए । तेश्रो खेल्मा एन सि एस एम बि क्लब लाई ७ ० गोल को फराकिलो अन्तर ले हराउदै पश्चिम पृतना हेडक्वाटर बिजय भएको छ । पश्चिम पृतनाका खेलडिी सन्तोष गुरुङको एक मात्र पहलमा ७ गोल गरेका थिए ।

त्यसैगरी आयोजक मालेपाटन युनाईटेड क्लबले डोब्रा सराङ्कोट क्लबलाई ट्राईब्रेकरमा ३-१ गोलले हराउदै बिजय भयो । अर्को खेलमा प्रस्याङ एफ सि बिजय भएको छ भने काजी पोखरी एफ सि ले जि माइनर क्लब लाई ४-० गोल को अन्तर ले पछी पार्दै बिजय भएको छ । त्यस्तै बाराही मा बि र एन सि एस एम ए बिच भएको खेल मा ४-० गोल ले गर्दै एन सि एस एम ए जित हात पार्न सफल भएको छ भने सोही दिनको अन्तिम खेलमा विष्णु पादुका र पोखरा ११ बिच को खेलमा पोखरा  ११ का उमेश थापा को एक मात्र गोल ले पोखरा ११ बिजय भएको छ । यो प्रतियोगिता को फाइनल फागुन १३ गते हुने छ ।

कमेन्टहरु
Loading...