अनुपम ३ को लोर्कापण

पोखरा, ७ असार/गीत तथा गजलकार अनुराग अधिकारीको गीत तथा गजल संग्रह ‘अनुपम ३ अनुरोध’ को आज पोखरामा लोर्कापण गरिएको छ । साहित्यकार सरुभक्त र स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयूक्त रुपमा अल्वमको लोर्कापण गरेका हुन् । आठ वटा गीत समावेश गरिएको अल्वममा अधिकारीको रचना, श्रीमान थुलुङको संगीत रहेको छ । अल्वममा सिडीविजय अधिकारी, अनुव कुलुङ, प्रकाश गौतम, उमेश राई, टिना गुरुङ, आशिक गुरुङ, तमन्ना गुरुङ विनिता अधिकारीको स्वर रहेको छ ।

अनुपम म्यूजिक पोखराको आयोजनामा भएको लोर्कापण कार्यक्रममा सरुभक्त, कृष्णप्रसाद बास्तोला, गलज सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्री, पोखरा एफएमका स्टेसन इन्चार्ज अमृत सुर्वणकार, त्रिवेणी संगीतालयका प्रशिक्षक नवराज बराल, नवराज त्रिपाठी, सुरेन नेपाली लगायतले अल्वमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...