सोमालियामा कार बम विस्फोट, ४० जनाको मृत्यु

एजेन्सी, ९ फागुन /सोमालियाको राजधानी मोगादिशुमा भएको आत्मघाती कार बम विस्फोट हुँदा ४० जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिणी क्षेत्रमा घटनामा ५० जना घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

खाद्यान्न तथा तरकारीको व्यस्त बजारमा विस्फोट भएको हो । फेब्रुअरीको सुरुमा भएको राष्ट्रपतीय चुनावमा मोहम्मद हब्दुल्लाही मोहम्मद विजयी भएपछि राजधानी मोगादिशुमा भएको यो ठूलो आक्रमण हो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर बिद्रोही समूह अल–शबाबले आक्रमण गरेको हुनसक्ने आशंका रहेको बिबिसीले जनाएको छ । शनिबार अल–शबाबका एक उच्च नेताले राष्ट्रपतिका समर्थकलाई लक्षित गरी ठूलो आक्रमण गर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...