हङकङ ब्युटि ट्यालेन्ट कन्टेष्ट विजेता पुन बृद्धाश्रममा

पोखरा, ७ असार/पाँचौ हङकङ ब्युटि ट्यालेन्ट कन्टेष्ट २०७० का विजेता सुजु पुन पोखरा बृद्धाश्रममा पुगेकी छन । पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजनामा हालै पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिताका विजेता पुनले आफ्नो खुसि साट्न पोखरा बृद्धाश्रममा पुगेको बताइन ।

पुनः सहित अन्य प्रतियोगिहरु समेत पोखरा बृद्धाश्रममा पुगेर विहिबार बृद्धबृद्धासंग भेटघट गरी खुसि साटसाट गरेको विजेता पुनले बताईन । २२ बर्षको उमेर हँुदासम्म समेत बृद्धाश्रम नदेखेकि पुनले ईन्स्टिच्युटका संचालक मिना गुरुङको प्रेरणाले आफुहरु बृद्धाश्रममा पुगेर खाद्य सामाग्रि सहयोग गर्न पाएकोमा खुसि व्यत्त गरीन ।

आफ्ना हजुर बाबा तथा हजुरआमा गुमाएकी पुनलाई बृद्धाश्रमको दृष्यले हजुरबाबा तथा हजुरआमाको स्मरण भएको बताईन । आफ्नो दाई जन्मदिनमा बृद्धाश्रममा आउने गरेको स्मरण गर्दै पुनले आफ्नो जन्म दिन चैत्र २४ गते पुन पोखरा बृद्धाश्रममा जाने बताईन । ईन्स्टिच्युटका संचालक मिना गुरुङले विजेताहरुलाई सामाजिक उत्तरदाहित्व बोध गराउन पनि बृद्धाश्रममा जाने वातावरण मिलाएको बताईन ।

कमेन्टहरु
Loading...