एक्सपर्ट क्रिकेट उपाधिको लागि कुमुदिनी र सत्यवती भिड्दै

पोखरा ८ फागुन/विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिग प्रतियोगिताको उपाधिका लागि पोखराको कुमुदिनी होम्स र दमौलीको सत्यवती उच्चमावि बीच प्रतिस्पर्धा हुने छ । आईतबार भएको सेमिफाईनल खेलमा आफनो खेल जित्दै दुवै उपाधिको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन ।

पहिलो सेमिफाईनल खेलमा कुमुदिनीहोम्सले अमरसिंह नमूना उच्चमाविलाई ६३ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टस जितेर व्याटिङ गरेको कुमुदिनीहोम्सले २० ओभर पुरै खेल्दै आठ विकेट गुमाएर १३८ रनको मध्यमस्कोर तयार पारेको थियो । ईशान श्रेष्ठले सर्वाधिक ३३ रन बनाए । रुपक थापाले १७ रन र देव शाहले १४ रनको योगदान दिए । बलिङ तर्फ प्रिजन श्रेष्ठले चार ओभरमा १४ रन दिएर चार विकेट लिएका थिए ।

१३९ रनको लक्ष्य पछ्याएका अमरसिंह नमूना उच्चमावि भने ७५ रनमा समेटियो । आशिष खनालले १३ रनको बनाए तर अन्य व्याट्स म्यानले भने दोहोरो अंकको रन बनाउन नसक्दा पराजित हुन पुग्यो । बलिङ तर्फ म्यान अफ दि म्याच ईशान श्रेष्ठ दुई विकेट लिए ।

यसै गरी दोस्रो सेमिफाईनलमा सत्यवती दमौलीले पाश्कल एकेडेमीले एक विकेटले पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । टस जितेर व्याटिङको निर्णय गरेको पाश्कलले निर्धारित २० ओभरमा केवल १८ दशमलव ३ ओभरमा ७१ रन बनायो । कृष्ण पौडेलले २४ रनको महत्वपूर्ण इनिङ खेले । विरेन थापाले १५ रनकोे योगदान गरे । बलिङ तर्फ सन्जोग थापा, लालबहादुर थापाले समान तीन तीन विकेट लिएका थिए ।

७२ रनको लक्ष्य पाएको सत्यवतीले नौ विकेटको क्षतिमा लक्ष्य भेटाउदाँ १९ ओभर खेल्यो । २७ रन बनाउँदा पाँच विकेट गुमाएको सत्यवतीले म्यान अफ दि म्याच विपिन वाग्लेले महत्वपूर्ण २३ रनको योगदान दिएपछि जित आत्मसात गर्न पुग्यो । पाश्कलका विरेन थापाले तीन विकेट, कृष्ण पौडल र प्रदीप छन्त्यालले समान दुई दुई विकेट लिएको प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...