होमस्टेका संचालकलाई नेतृत्व विकास तालिम

पोखरा, ८ फागुन /पोखरामा एक दिने नेतृत्व विकास एव आधारभुत सुचना प्रबिधि सम्वन्धि तालिम सम्पन्न भएको छ । हाम्रो कास्कीकोट युवा सञ्जालले आफ्ना सदस्य तथा कास्कीकोट भुजेलगाउँ होमस्टेका संचालकहरुलाई नेतृत्व विकास तथा आधारभूत सूचना प्रविधि सम्बन्धी तालिम आयोजना गरेको हो ।

तालिममा सहभागी ३१ जनालाई नेतृत्वमा हुनुपर्ने गुण, उत्प्रेरणा, इमेल इन्टरनेट बारे सामान्य जानकारी, मोबाइल हराए कहाँ छ, कसरी पत्ता लगाउने जस्ता विषयवस्तुमा प्रशिक्षण दिईएको थियो । पर्यटक भित्रयाउन सुचना प्रबिधिको महत्व, नेतृत्व बिकास कसरी गर्न सकिन्छ भनी कलात्मक रुपमा उदाहरण प्रस्तुत गरिएको थियो । सुवास मल्ल, रविन्द्र अाचार्य, राम शर्मा र एकेन्द्र लम्सालले सहजीकरण गर्नुभएको उक्त तालिममा नेपाल पर्यटन बोर्ड पोखराका सुर्य थपलिया र गाउँ पर्यटन समितिकाका अध्यक्ष तारानाथ पहारीले समेत होमस्टेलाई विकास गर्न आवश्यक जानकारी मुलक प्रस्तुति दिनुभएको थियो ।

इन्टरनेटको सहज पहुच नभएका कारण तालिम गाउमै नराखि पोखरामा राख्नु परेको तालिम संयोजक रुद्र अधिकारीले बताउनु भयो । तालिम पछि कास्कीकोट भुजेलगाउ सामुदायिक होमस्टेका अध्यक्ष बलबहादुर भुजेलले सबै होमस्टे संचमलक र परिवारले यो तालिम लिन आवश्यक रहेको बताउनु भयो । युवाहरुले पर्यटन र सुचना प्रबिधि लाई जोडेर गरिएको कार्यक्रम सबैलाई उपयोगि रहेको धारणा ब्यक्त गर्नु भएको थियो । संजालको आयोजना, फोकल प्वाईन्ट एजुकेश्नल कन्सल्टेन्सि र गुरुचेला नामक सस्थाको समन्वयमा गरिएको थियो ।

कमेन्टहरु
Loading...