नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको अध्यक्षमा तिवारी

पोखरा, ८ फागुन /नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन कास्कीको दोस्रो जिल्ला अधिवेशनले शंकर तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सामुदायिक माध्यमिक विद्यालयहरु साविक उच्च माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको युनियनको उपाध्यक्षमा विजय शर्मा, सचिव देवराज शर्मा, सहसचिव नेपाल प्रकाश अधिकारी, कोषाध्यक्ष प्रकाश सुवेदी रहेका छन भने, सदस्यहरुमा भेषराज पौडेल, भोबिन्द्र गिरी, निर्मल पौडेल, मुक्तिराम पौडेल, पवित्रमणी भण्डारी, शुक्रराज अधिकारी, विनोद वराल, हरि ढकाल, सुरेश पौडेल, मिरा आचार्य, अमिता शर्मा र सुर्य पौडेल रहेका छन ।

सोही अवसरमा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल शिक्षक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष दिपक पौडेल, सल्लाहकार पदम प्रसाद दवाडी र केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख ताराप्रसाद पोखरेललाई सम्मान गरेको छ ।
युुनियनका कास्कीका अध्यक्ष तारप्रसाद पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथीमा नेपाल सरकारका पुर्व मन्त्रि तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य खगराज अधिकारी रहनुभएको थियो । सवैलाई शिक्षित र व्यवस्थित बनाउनुपर्ने क्षेत्र नै राज्यको प्राथमिकतामा नपर्दा यस क्षेत्रका शिक्षकसाथीहरु मर्कामा परेको र यसको समाधानको लागि आफु सकारात्मक रहेको आफनो पार्टी र सम्बन्धित सरोकारवाला पक्षलाई सचेत गराउन आफु तयार रहेको बताए ।

कमेन्टहरु
Loading...