सस्तो बजारमा गुण्डागर्दीले व्यवसाय ध्वस्त पार्न लागेको आरोप

पोखरा, ८ फागुन /पोखराको पृथ्वीचोक नयाँबजारस्थित सस्तोबजारका साना स्वरोजगार व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय नै ध्वस्त हुने गरी केही दिनयता गुण्डाहरुले आतंक मच्चाएको भन्दै आफ्नो जीउधन र व्यवसायको संरक्षणका लागि पहल गरिदिन पोखरास्थित विभिन्न राजनीतिक पार्टी, मानवअधिकारकर्मी र पत्रकारहरुसँग आग्रह गरेका छन् ।

सस्तोबजारका साना स्वरोजगार व्यवसायीहरुको साझा संगठन पोखरा सस्तोबजार व्यवसायी समितिका तर्फबाट अध्यक्ष केशवबहादुर भ्जेलले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् । उक्त प्रेस विज्ञप्तिमा “पोखरामा केही वर्ष अगाडी सडक पेटीमा व्यापार गरी वस्ने साना स्वरोजगार व्यापारीहरुलाई व्यवस्थित व्यवसाय गर्न दिने गरी पोखरा उद्योग वाणिज्य संघको समन्वयतामा भएको सहमति अनुसार पोखरा सस्तो वजारको नामबाट तत्कालिन अवस्थाका साना व्यवसायी एकिकृत रुपमा व्यापार गरी वसेको” जानकारी गराउँदै “पछिल्ला दिनहरुमा साना (स्वरोजगार) व्यवसायीलाई आतंकित पार्ने गरि केही गुण्डाहरुले अनावश्यक हर्कत गरेकोले व्यवसायीका सुरक्षाको प्रत्याभुति गराई जिउधनको समेत सुरक्षा गर्नलाई आवश्यक पहल गरिदिन् हुन” अनुरोध गरिएको छ ।

सोही विज्ञप्तिमार्फत् सस्तो बजारको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधानका लागि पहल गरिदिन पनि सम्बन्धित सबैलाई आव्हान गरिएको छ । विज्ञप्तिमा जनाइए अनुसार, कास्कीका कृयाशिल राजनैतिक दल र जिल्ला प्रशासन कार्यालय पोखरा उपमहानगरपालिका पोखरा उद्योग वाणिज्य संघ र पोखरा उपत्यका नगर विकास समिति र आन्दोलनरत साना व्यापारी विचको छलफल पछि पोखरा ९, नया“ बजारमा रहेको नेपाल वायु सेवा निगमको जग्गामा राख्ने निर्णय अनुसार साना (स्वरोजगार) व्यवसायीले सो जग्गा भाडा सम्बन्धि ठेक्का पाएका भरत गुरुङ मार्फत नेपाल वायुसेवा निगमलाई निरन्तर भाडा बुझाउदै आएका छन् ।

पोखरा सस्तो बजारका व्यापारीहरु कुनै दलाली र ठेकेदारमार्फत नभई सोझै नेपाल वायु सेवा निगमलाई भाडा तिर्न राजी भएको क्रा उल्लेख गर्दै विज्ञप्तिमा “व्यापारीहरुको शान्ति सुरक्षा साथै स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको ग्यारेण्टीका लागि सहयोग गरिदिनुहुन जिल्लाका कृयाशिल राजनैतिक दलहरु जिल्ला प्रशासन कार्यालय, पोखरा उप(महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ नेपाल वार एसोसिएसन, पोखरा उपत्यका नगर विकास समिति, नागरिक समाज, मानव अधिकारकर्मीहरु, पत्रकारजगत, स्थानीय शान्ति समिति र सम्पूर्ण जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं ।” भनिएको छ ।

यति हु“ुदा हु“दै पनि सुर्यदिल इन्भेष्टमेण्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बहादुर गोर्खाली (राजु गोर्खाली) को नाममा रहेको फर्मलाई अख्तियारी लिएको भन्दै धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष समेत रहेका तथा आफुलाई ने.क.पा माओवादी केन्द्र निकट रहेको भन्दै युवराज खतिवडाले विगत ६ महिनादेखि डरधम्की दिदै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । तिनै युवराज खतिवडाले २०७३ फागुन ४ गते करिब दिउ“सो १२ः०० बजेको समय पारेर आफ्नै नेतृत्वमा ५० देखि ६० जना युवा समुहको नेतृत्व गर्दै गुण्डागर्दी शैलिमा आई पोखरा सस्तो बजारका व्यापारीहरु माथी ढुङ्गामुढा गरी व्यवसायीहरुलाई आतङ्कित पारेको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) कास्कीका सेक्रेटरी पुर्णजीत पुन “उभार”ले पार्टीको महाधिवेशनस्थल रोल्पाको थवाङबाट एक प्रेस विज्ञप्ति प्रकाशित गरी अन्यायपूर्ण तरिकाले सत्ता र शक्तिको दुरुपयोग गरि गुण्डागदी गर्दै जबरजस्ती सस्तो बजारमाथि दमन गर्ने र हस्तक्ष्ँेप गर्ने काम भएमा पार्टीले आवश्यक जवाफ दिन उचित प्रतिरोध गर्ने चेतावनी दिएका छन् । जिल्ला पार्टी सेक्रेटरी उभारले पोखरा सस्तो बजारमा दिनह“ु जस्तो बजारलाई अस्तव्यस्त र त्यहा“का व्यापारीहरुलाई आतंकित पार्ने गतिविधिहरुप्रति पार्टीको गम्भिर ध्यान आकर्षण भएको जनाऊ दिंदै विगतदेखि नै बजारमा केही निजी स्वार्थमा लिप्त व्यक्तिहरु तथा चुन्द्रे मुन्द्रे आवारा गुण्डाहरुले कहिले खुकरी देखाउने, कहिले व्यक्ति, व्यक्ति व्यापारीहरुलाई थर्काउने, तर्साउने गरिरहेका तथ्य फेला पारिएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्
उनले “मुख्यत नेपाल वायु सेवा निगमको घोर गैरजिम्मेवारी र बेइमानीकाकारण साथ(साथै केही विचौलियाहरुको ठूला(ठुला आर्थिक चलखेल र मनपरी गुण्डागर्दीले गर्दा पोखरा सस्तो बजारको अवस्था आज अस्थायीत्वमा रुमल्लिएको” क्रा उल्लेख गर्दै विज्ञप्तिमार्फत् “बजारलाई व्यवस्थित गराउने हाम्रो पार्टीको उद्देश्यलाई समेत चुनौति खडा गर्ने गरी त्यस्तो निर्लज्ज गतिविधिहरुमा लाग्ने विचौलिया माफिया तथा अराजक व्यक्तिहरु जो कोहीलाई समयमै सचेत रहन चेतावनी दिइएको छ ।

कमेन्टहरु
Loading...