नुवारथोक टोल विकास संस्थाको अध्यक्षमा दामोदर बराल

पोखरा, ८ फागुन /नुवारथोक टोल विकास संस्थाको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले े दामोदर बरालको अध्यक्षतमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा महाकाली बराल, सचिवमा धर्मदत्त पौडेल (माधव), कोषाध्यक्षमा दामु पराजुली र सदस्यहरुमा श्रीराम थापा, बुद्धिसागर गेह्रे, राधिका सुवेदी, राजेन्द्र पौडेल र विना गौतम पौडेल रहेका छन् ।

शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले संस्थाले सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रसंसा गर्दै अरु टोल विकास संस्थाहरु पनि समान रुपले प्रस्तुत भइदिने हो भने पोखराको विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपसभापति डण्डराज शर्मा पौडेल, नेपाली काँग्रेस वडा इकाई सभापति नविनराज बराल, नेकपा माओवादी केन्द्रका सूर्य कार्की, संस्थापक अध्यक्ष ठाकुर प्रसाद बराल, टोल विकास संस्था वडा समन्वय पोखरा ७ का अध्यक्ष राममोहन आचार्य, सामुदायिक सेवा केन्द्र बैदामका सचिव चेतनारायण पाण्डे, पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष सञ्जय पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ध्रुवराज बरालले गरेका थिए भने कार्यक्रमको संचालन सचिव दामोदर बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...