पोखरा ,७ फागुन/नेपाल पत्रकार महासंघ कास्कीको दशौ अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पनि बधाइ तथा सम्मान गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपेन्द्र श्रेष्ठ सहित पदाधिकारीहरुलाई खादा लगाएर सम्मान तथा बधाइ ज्ञापन गरेका थिए । सो समारोहमा वोल्दै तमु धि नेपालका अध्यक्ष कर्मा गुरुङले समावेसी टीमले समावेसी आवाजलाई बुलंद गर्नुपर्नेमा जोड दिइन ।

पत्रकारको हक हितका लागी र आवाज विहीनहरुलाई सञ्चार माध्यामबाट बुलंद गर्न नव निर्वाचित टिमले काम गर्नुपर्ने वताइन ।सो समारोहका वोल्दै फोनिज कास्कीका सल्लाहकार बालकृष्ण काउछाले नेपाल पत्रकार महासंघ कास्कीको टीममा आदिवासी जनजातिले नेतृत्व लिएकाले आदिवासी जनजातिको पक्षमा आवाज उठाउन कुनै पनि कसुर बांकी नराख्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र श्रेष्ठले नया नेतृत्वले समावेसी नेतृत्व हासिल गर्न सफल भएको वताउदै आफुले राम्रो महासंघ र हाम्रो महासंघको नारा लिएर अगाडी वढेकाले पत्रकारको हक हितका लागी पहलकदमी अगाडी वढाउने वताए ।आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका सचिव भुपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।