उपाध्यक्षमा उमेदवारी दिएकी ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित

पोखरा फागुन / पत्रकार महासंघ कास्कीमा प्रेस चौतारीको तर्फबाट उपाध्यक्षमा बागी उमेदवारी दिएकी ईश्वरी पौडेललाई संगठनले कारवाही गरेको छ ।प्रेस चौतारीको तर्फबाट उमेदवार चयन हुन नसकेपछि पौडेलले विहिवार स्वतन्त्र रुपमा महिला उपाध्यक्षमा उमेदवारी दर्ता गराएकी थिईन् ।बागी उमेदवारी दिएको भन्दै चौतरीले शुक्रबार एक विज्ञप्ती निकालेर कारवाही गरेको हो । संगठनको निर्णय विपरित गठबन्धनलाई असर पर्ने गरी उमेदवारी दिएको भन्दै उनलाई प्रेस चौतारीबाट निष्काशित गरिएको अध्यक्ष माधव वरालले जानकारी दिए

संस्थाको निर्णय विपरित गठबन्धनलाई असर पर्ने गरी पत्रकार महासंघ कास्कीको अधिवेशनमा महिला उपाध्यक्ष पदमा उमेदवारी दिएकाले प्रेस चौतारी कास्कीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जानकारी गराइन्छ प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालले जारी गरेको विज्ञप्तीमा उल्लेख ।उनलाई कारवाही गरिएको बारे प्रेस चौतारी नेपाल केन्द्रलाई समेत जानकारी गराइसकिएको वरालले बताएका छन् महासंघ कास्कीमा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाईटी क्रान्तिकारी पत्रकार संगठनको संयुक्त गठबन्धनबाट महिला उपाध्यक्षमा चौतारीको तर्फबाट स्मिता अधिकारीले उमेदवारी दिएकी थिइन्

कमेन्टहरु
Loading...