वेगनास फिस फेष्टीवलको तयारी तिव्र

लेखनाथ ,६ फागुन / होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा हुन लागेको तेस्रो वेगनास फिस फेष्टीवलको तयारी तिव्र पारीएको छ । शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा लेखनाथका सवै राजनीतीक दल, लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ नगरपाललिका कार्यलय, स्थानिय आमा समुह युवा क्लव लागएत स्थानियको वृहत भेला वसेको छ । फेष्टीवलको तयारीका लागी वसेको वैठकले २० वटा विभिन्न तयारी उपसमिती गठन गरेको निवर्तमान अध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए ।

सात तालको वाटिका शहर लेखनाथ र यहाँ उत्पादीत माछाको व्यवसायीक विक्रिका लगी फेष्टीवल मुख्य रुपमा आयोजना गरीएको कार्यक्रम संयोजक एंव होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । कार्यक्रमको भव्य रुपमा सफल वनाउन सवैले आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यही फागुन १४, १५ र १६ गते हुने फेष्टीवलमा राष्टिीय ताजा स्थानिय कलाकार लोक तथा दोहोरी गित, पप कन्सर्ट, माछा मार्ने प्रतियोगिता, ताजा माछाको विक्री, आदी रहेको आयोजकले जानकारी दिएका छन् । फेष्टीवलमा करिव १लाख दर्शकले अवलोकन गर्ने सस्थाका महासचिव विरभद्र कडेंलले जानकारी दिए ।

कमेन्टहरु
Loading...