ब्लड क्यान्सरपीडितलाई विद्यार्थीहरुको सहयोग

पोखरा, ५ फागुन /ब्लड क्यान्सरका कारण काठमाडौंको सिभिल हस्पीटलमा उपचाररत युवा नागरिक समाज कास्कीका सह संयोजक सुनिता तिमिल्सिनालाई पोखरा ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

खाजा खाने पैसा कटाएर उठाइएको एक्काइस हजार तीन सय पैंतालिस रुपैयाँ बिहिबार तिमिल्सिनाको आमालाई बुझाइएको अनेरास्ववियु सिटिइभिटी क्याम्पस कमिटीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

पोखरा उप महानगरपालिका वडा नं.२६ मा बस्दै आएकी तिमिल्सिना विगत केही महिनादेखि ब्लड क्यान्सरका कारण जीवन मरणको दोषाँधमा लडिरहेकी छिन ।

“यो खबर सुनेर जो कोहिको पनि मन नछोइरहन सक्दैन,” सोही कलेजमा ओभरसियर अध्ययनरत पोख्रेलले अगाडी भने,“त्यसैकारण कलेज तथा स्थानिय जनसमुदायका माझ सहयोग उठाएर हस्तान्तरण गरेका हौं ।”

कमेन्टहरु
Loading...