पुम्दीकोटको महायज्ञमा तीन करोड रुपैयाँ भन्दा बढी संकलन

पोखरा, ४ फागुन / कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मुर्ति निर्माणका लागि हिजो देखि सुरु महायज्ञमा उत्साहजनक सहयोग संकलन आउन थालेको छ । महायज्ञको दोस्रो दिन आजसम्म तीन करोड रुपैंया भन्दा बढी सहयोग संकलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुंगटाद्वारा ५० लाख रुपंैया नगद सहयोग गर्नु भएको छ । समाजसेवी दानदाताद्वय कलावती बराल र राधिका बरालका छोराहरू वासुदेव बराल, चन्द्रकान्त बराल, युवराज बराल, टिकाराम बराल, निर्मलराज बराल र मात्रिका प्रसाद बराल बाट ७५ लाख बरावरको नगद तथा भुमीदान प्रदान गरिएको छ ।

महायज्ञमा पूर्व सांसद स्व. मिनबहादुर गुरुङको स्मृतिमा उहाँका छोराहरू अशोक गुरुङ र राजु गुरुङले २५ लाख सहयोग गर्नु भएको छ भने समाजसेवी लिलाभक्त आचार्यले २५ लाख रुपैंया सहयोग गर्नु भएको प्रचारप्रसार संयोजक माधव रेग्मीले जानकारी दिनुभयो । राजेशबाबु श्रेष्ठले आफना बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतीमा २५ लाख नगद सहयोग गर्नु भएको छ ।
दुर्गादत्त बराल (साहिला साहु)ले २५लाख बराबरको भुमी दान गर्नु भएको छ ।

त्यस्तै खेमराज पौडेल ,इन्द्रराज, पौडल भुवन पौडेल, शिवकुमार पौडेल र रामप्रसाद पौडेलले संयुक्त रुपमा तीन रोपनी पाँच आना क्षेत्रफलको जग्गा दान गर्नु भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिनुभयो ।
त्यस्तै अन्य सहयोग दाताहरूमा नरहरी बराल र डिल्लीराम बरालले संयुक्त रुपमा दुई लाख ५५ हजार ५५ रुपैयाँ, गुरुदत्त बरालले दुई लाख २५ हजार ५५५ रुपैयाँ, शेषकान्त बरालले दुई लाख २५ हजार ५५५ रुपैयाँ र भवनराज बरालले दुई लाख २५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको महायज्ञ आयोजक समितिका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । महायज्ञ आगामी फागुन १३ गतेसम्म चल्ने छ ।

कमेन्टहरु
Loading...