पोखरा, ४ फागुन /पोखराको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीको आयोजनामा हुने क्यान इन्फोटेक मेलामा मोवाइल एक्सपो हुने भएको छ । पोखरा इलोक्ट्रोनिक्स व्यवशायी संघ कास्कीको सह आयोजना एवं नेपाल मोवाइल वितरक संघ पोखराको संयोजनमा बिहीबार देखि पोखराको प्रदर्शनी केन्द्रमा क्यान इन्फोटेक २०१७ विथ मोवाइल एक्सपो पावर्ड वाइ लाभा मोवाइलको आयोजना गरिने नेपाल मोवाइल वितरक संघ पोखराका अध्यक्ष शिवहरी पहारीले जानकारी दिए ।
बिहीबार देखि सुरु हुने मोवाइल एक्सपोमा एउटै छाना मुनि सम्पूर्ण विश्वविख्यात १८ वटा ब्राण्डका मोवाइलहरुको विक्री वितरण, नेपालमा भित्रिएका र भित्रिन लागेका नया ब्राण्ड तथा प्रविधीका मोवाइलहरुको वारेमा जानकारी, पछिल्लो समय नेपालमा भित्रिएको फोरजी नेटवर्क चल्ने मोबाइल सेटहरु तथा फोरजीको जानकारी गराइने भएको छ ।
एक्सपोमा पोखरा लगायत पश्चिमाञ्चल क्षेत्रमा पहिलो पटक एकै छाना मुनि विभिन्न विश्वविख्यात मोवाइलका ब्राण्डहरुको आधिकारीक कम्पनीबाटै आफ्नो उच्चतम प्रविधी युक्त उत्पादनहरु प्रदर्शनी तथा बिक्री गर्नुका साथै एक्सपो अवधिभर जुनसुकै ब्राण्ड तथा मुल्यका मोवाइल खरिद गर्दा हरेकमा हातखाली नजाने उपहार प्रदान गरिने छ । त्यसैगरी प्रत्येक दिन मोवाइल खरिदकर्ताहरु मध्येबाट तीन जनालाई लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक पुरस्कार प्रदान गर्नुका साथै सो अवधिभर मोवाइल खरिदमा ब्राण्ड हेरी ५ देखि ५० प्रतिशत सम्म छुट प्रदान गरिने नेपाल मोवाइल वितरक संघ पोखराका सचिव जीवन ढुंगानाले जानकारी दिए ।
मोवाइल एक्सपोमा विभिन्न स्पोन्सरको रुपमा बगीकरण गरि मोवाइल प्रदर्शनी तथा बिक्री वितरण गरिने ढुंगानाले वताए । जस अन्तर्गत मोवाइल एक्सपोको नाम क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्सपो पावर्ड वाइ लाभा मोवाइल रहेको छ । जसमा डायमण्ड स्पोन्सरको रुपमा लेनोभो, कलर्स, हुवावे, ओप्पो, जिओनी, सामसुङ, जेडटिइ ब्राण्ड रहेका छनभने गोल्ड पार्टनरमा सायोमी, लीएगो, सोनी, माइक्रोम्याक्स वान प्लस ब्राण्ड रहेका छन । त्यसैगरी सिल्भर पार्टनरमा इन्फोकस, जेन, सिजी, केन्ट र माइक्रोसफ्ट ब्राण्ड रहेका छन ।
मेलामा एक लाख दर्शकले प्रतयक्ष अवलोकन गर्ने लक्ष्य लिइएको छ । पोखरा र यस आसपासमा नेपाल मोवाइल वितरक संघ पोखराले मासिक रुपमा झण्डै ६ करोडको कारोवार गर्दै आइरहेकाले मोवाइल एक्सपोले ग्राहकहरु साथै मोवाइलका पारखीहरुलाई अकर्षित गर्ने लक्ष्य लिइएको छ । आइतबार सम्म सञ्चालन हुने मेलामा प्रत्येक दिन चर्चित कलाकारहरुद्धारा लाइभ कन्सर्ट बाट दर्शकहरुलाई मनोरन्जन प्रदान गरिने आयोजकले जनाएको छ ।