पत्रकार महासंघ पर्वतको अध्यक्षमा तिवारी

पोखरा, ४ फागुन /नेपाल पत्रकार महासंघ पर्वतको ५ औँ अधिवेशनले सर्वसम्मतीमा छविलाल तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रनिश गिरी र रञ्जना खत्री चयन भएका छन् भने सचिवमा गणेश गिरी, कोषाध्यक्षमा राजवावु पिसी, सहसचिवहरुमा राजु पौडेल र ईन्दु तिवारी चयन भएका छन् ।

सदस्यहरुमा साजन परियार, उत्तम अधिकारी, विशन क्षेत्री, देवराज पुरी, सुवास लामिछाने, सार्जन पौडेल, कृष्ण अखेली, डिलवहादुर विक, किशोर सापकोटा र महेन्द्रवहादुर जिसी छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...