पत्रकार महासंघ म्याग्दीमा तारानाथ शर्मा

पोखरा, ४ फागुन/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न पाँचौ अधिवेशनले शर्माको अध्यक्षतामा शर्मा सहित १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री ९मालती०, सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सह–सचिवमा कमल खत्री र गोपाल छन्त्याल चयन भए । सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानिया, पदम विश्वकर्मा, दलप्रसाद विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिपु फगामी छन् ।

अधिवेशनबाट केन्द्रिय पार्षदहरुमा सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रबसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदहरुमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गिता मिजार र कमल बानिया चयन भएका छन् ।

कमेन्टहरु
Loading...