पत्रकार महासघ कास्कीमा अधिवेशन सुरु हुन सकेन

पोखरा, ३ फागुन /नेपाल प्रेस युनियनको अबरोधले नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन । मंगलवार हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम अन्योलमा परेको छ ।

युनियन केन्द्र र कास्कीले सोमवार साझँ विज्ञप्ती जारी गर्दै अधिवेशन स्थगित नगरे ताला लगाउने चेतावनी दिएको थियो । महासंघ कास्कीको गेटमा युनियनले प्रेस विज्ञप्ती टासेर अधिवेशन स्थगित गराउन दवाव दिएको छ । युनियनले महासंघको कार्यालय प्रवेशमा समेत रोक लगाएको छ । अधिबेसनको सञ्चालन गर्ने सम्बन्धमा छलफल चलिरहेको छ ।

कमेन्टहरु
Loading...