पोखराको अमरसिंहमा अत्याधुनिक सेमिनार हल

पोखरा, २ फागुन /पोखराको अमरसिंह चोकमा अत्याधुनिक सेमिनार हल सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पोखराको अमरसिंह चोककमा सञ्चालनमा आउन लागेको होटेल टास्क इन्टरनेश्नल अन्तर्गत पोखरामा अत्याधुनिक सेमिनार हल सञ्चालनमा आएको हो ।

पोखरामा हुने विभिन्न सभा, सेमिनार तथा पार्टीहरुलाई लक्षित गरी अति अत्याधुनिक तवरको दुइ सय क्षमता रहेको सेमिनार हल हालै सञ्चालनमा आएको होटल टास्क इन्टरनेश्नलका सञ्चालक मिन गुरुङले जानकारी दिए । गुरुङले पोखरामा नै पहिलो अति अत्याधुनिक सेमिनार हल भएको दावी गरेका छन । ध्वनि प्रदुषण रहित, एसी, सहितको सुविधा रहेको हलमा दुई सय जना मानिस अट्न सक्ने छन । सेमिनार हलमा एसिको ब्यवस्था, प्रदुषण रहित साउण्ड प्रुफ रहेको र विभिन्न प्याकेजहरु सहित हल सञ्चालनमा ल्याइएको गुरुङले वताए ।

यसअघि होटेल टास्क इन्टरनेश्नल अन्तर्गत लेकाली चुलो घर र टास्क ट्राभल एण्ड टुर्स सञ्चालनमा आइसकेको छ । पोखरामा निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट नजिकै रहेको लेकाली चुलो घरले विशुद्ध अर्गानिक खाना खुवाउने उद्देश्यका साथ लेकाली चुलो सञ्चालनमा ल्याएको वताउदै ग्रामीण भेगमा पाइने अर्गानिक खानाका परिकारका पारखीको मन जित्न सफल भएको गुरुङले वताए ।

लेकाली चुलो घरमा ग्रामीण भेगमा उत्पादन हुने मकै, कोदो, फापर, गहु लगायतका अन्नबाट निर्माण गरिने ढिडोको परिकार, ढिडो संग लोकल कुखुरा, असला माछा, लोकल बोका र लोकल पाडोको सुकुटीका परिकारले ग्राहकको मन जित्न सफल भएको छ । त्यसको साथै खाजाका लागी भुटेको मकै र भट्ट, भुटेको गहु, मोही, पोलेको माछा र लेकाली झिर ग्राहकको पहिलो रोजाइ बन्दै गइरहेको छ ।

लेकाली चुलो घर संगै आन्तरिक तथा बाह्य पर्यटकलाई मध्येनजर गरी टास्क ट्राभल्स एण्ड टुर्सबाट समेत विभिन्न विभिन्न पर्यटकका सवारी साधनहरु जीप, कार र भ्यान उपलब्ध गराउनुका साथै हवाइ टिकट, टुरिष्ट बस टिकट, टुर प्याकेजहरुका साथै साइड सिन र ट्रेकिङको समेत सुविधा प्रदान भइरहेकोे छ । पर्यटकलाई लक्षित गरी मनी चेन्जर र आइ एम इको समेत सुविधा प्रदान गर्ने सञ्चालकले जनाएको छ ।

आगामी असोज सम्ममा होटल टास्क इन्टरनेश्नल सञ्चालमा आउने छ । ३२ वटा रुम क्षमता रहेको होटलमा भ्यू टावर जहांबाट पोखरा भ्याली र मनोरम हिमश्रृङखलाको अवलोकन गर्न सकिनेछ, रुफ टप रेष्टुरेण्ट, २ वटा कन्फ्रेन्स हल , राउण्ड टेवल सहितको ३५ जना क्षमताको र ५० सीट क्षमताको सेमिनार हल हुने छ ।  त्यसैगरी १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट रुम हुने छ । होटलमा २ वटा अपार्टमेन्ट रहनेछ भने अण्डर ग्राउण्ड पार्किङ र लिफ्टको सुविधा रहने छ ।

कमेन्टहरु
Loading...