मुस्ताङको तिरीका बाढीपीडितलाई राहत वितरण सुरु (फोटो फिचर सहित)

चन्दश्वर बस्ताकोटी/मुस्ताङ, ७ असार/मुस्ताङका बाढीपीडित परिवारलाई बिहिवार साझ देखि राहत वितरण गर्न सुरु गरिएको छ । बाढी प्रभावितहरुका लागि चामल, चाउचाउ र खानेपानीको पाइप बितरण गरिएको हो ।

3 (1)८ घर परिवारलाई दैबि प्रकोप उद्धार समितिले उपलब्ध गराएको प्रति परिवार एक बोरा चामल, एक प्याक चाउचाउ र सबै गाउमा पानीको ब्यबस्थागर्न ५ सय मिटर पाइप बाढी प्रभावितहरुका लागि ससस्त्र प्रहरी सिमा सुरक्षाबल जोमसोमका प्रहरी निरिक्षक हर्क बहादुर शाहीले बितरण गरे ।

3 (2)५० जना नेपाली सेना, १५ जना ससस्त्र र ४ जना नेपाल प्रहरी स्थानियको सहयोगका लागि ४ गते देखिनै तिरीमा बस्दै बाटो घर भित्र पसेको बाढि सहितको हिलो पन्छाउन ब्यस्त रहेका छन । गाउका सबै घर, बाटोमा करिब ३ देखि ६ फिट हिलो सहितको बाढीको हिलो फ्याक्नु पर्ने बताइएको छ । कागवेनीको तिरी गाउँमा ८ र मार्फा गाविसमा २ परिवार बिस्थापित हुदा करिब १ करोड ९० लाख बराबरको धनसम्पत्तिको क्षति भएको थियो ।

3 (3)यसै गरि मुस्ताङको तिरीमा आएको बाढी पछि हराईरहेका एक मजदुर अझै भेटाउन सकिएको छैन । गाउका सबै घरमा गत ३ गते बाढी पसेपछि धादिङ घर भएका चराङ चुरुङ भन्ने एक मजदुर हराए पनि हाल सम्म खोजीकार्य भेटिएका छैनन् ।

तस्विर ः चन्दश्वर बस्ताकोटी

 

कमेन्टहरु
Loading...