पत्रकारलाई चुनावी रन्को, दुई प्यानल चुनावी मैदानमा, युनियन प्यालन (को को सहित)

पोखरा, २८ माघ/नेपाल पत्रकार महासघ कास्कीमा यती बेला चुनावी रन्कोले छोएको छ । फागुन ३ गते मंगलबार हुने अधिबेशनमा दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । प्रेस चौतारी र प्रेस युनियनले अन्य संगठन सगँ मिलेर चुनावी मैदानमा उत्रिएका हुन् ।

पत्रकार महासघमा नेतृत्व लिनका लागि युनियनबाट रमेश पौडेल, चौतारीबाट दिपेन्द्र श्रेष्ठले अध्यक्ष पदमा उमेद्वारी दिने भएको छन् । यस अगाडी अध्यक्षमा उमेद्वारी दिने भनेका प्रेस सेन्टरका त्रिभुन पौडेल उपाध्यक्ष र र क्रान्तिकारीका राजेन्द्र अधिकारीले अध्यक्षमा उमेद्वारी नदिने भएका छन् ।

चौतारी सगँ प्रेस सेन्टर, प्रेस सोसाइटी र क्रान्तिकारी संघ मिलेर प्यानल खडा गरेका छन् भने युनियन र स्वतन्त्र पत्रकार संघ मिलेर अर्को प्यानल खडा गरेका छन् ।

युनियनको प्यानल
अध्यक्ष रमेश पौडेल
बरिष्ठ उपाध्यक्ष यदुनाथ बन्जरा
महिला उपाध्यक्ष बिमला भण्डारी
कोषाध्यक्ष बसन्त अधिकारी
सचिव बासुदेव मिश्र
सह सचिव दिननाथ बराल र मनोज घर्तिमगर

खुल्ला सदस्य तर्फ

कमल पौडेल अथक
सन्तोष सुबेदी
रोहितराज पराजुली
प्रकास ढकाल
श्रीभद्र पौडेल
प्रल्हादचन्द्र  घिमिरे
पशुराम शर्मा

आरक्षण सदस्यहरु

ज्योती हमाल (महिला)
मनोज घर्तिमगर (जनजाति)

 

कमेन्टहरु
Loading...