स्ववियु निर्वाचनमा एक ढिक्का भएर लाग्छौंः तिमिल्सिना

यतिवेला लामो समयसम्म नभएको स्वतन्त्र विद्यार्थी युयियनको चुनावले विद्यार्थीमाझ रौनकता छाएको छ । विभिन्न विद्यार्थीहरुको समूहले आफ्नो पोल्टामा स्ववियु हात पार्न कसरत समेत गर्दै आएका छन् । विद्यार्थीहरुबीच हुने वैचारिक बहसलाई केन्द्रमा राखेर जति हुनु पर्ने हो त्यो हुन संगठनका माउपार्टीले नै हुन नदिने गरेको पनि छ । देश भरका विद्यार्थीहरु आफ्नो क्षेत्रमा विद्यार्थीलाई आफ्नो पक्षमा मतदान गर्नसमेत भनेर गुटउपगुटमा केन्द्रीत रहेका छन् ।

यस परिप्रेक्षमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा लामो समय क्रियाशिल अनेरास्ववियु कास्की क्षेत्र नं ४ का अध्यक्ष सम्हालेका विद्यार्थी नेता लक्ष्मण तिमिल्सिनासंग गरिएको कुराकानीको संक्षेप । तिमिल्सिना अनेरास्वबियु कास्की जिल्ला कमिटी उपाध्यक्ष, जन नाट्य मन्च प्रदेश न ४ संयोजक एवं गन्तब्य नाट्य समूहका संयोजक समेत भएर विभिन्न अभियानमा सम्लग्न रहि सामाजिक क्षेत्रको सेवा र विस्तारमा क्रियाशिल रहेका छन् । उनीसंगका भेटमा स्वच्छ र मर्यादित चुनावमा आफ्नौ संगठन लागिपरेको समेत बताए ।

स्वबियु निर्वाचनलाई कसरी नियाल्नु भएको छ ?
यो विद्यार्थीहरुको स्वतन्त्र अनी बैधानिक मन्च हो । स्वबियुको माध्यमबाट शैक्षिक उन्नयनका लागि हस्तक्षेप सृजना गर्दै राजनीतिक दबाब सृजना गर्नको लागी विद्यार्थीहरुको लागि सुनौलो अवसर रहेको मैले वुझेको छु । खासमा उमेर हदबन्दी लागेर निर्वाचन हुने यो अवसरले नेता विद्यार्थी नभैकन विद्यार्थी नेता जन्माउन सबल रहनेमा आम विद्यार्थीको वुझाई छ । विद्यार्थी मैत्री निर्वाचनमा सहभागि हुन पाउनु गर्वको रुपमा नियालेको छु ।

 के निर्वाचन स्वच्छ हुन सक्छ ?
अनेरास्वबियु वास्तवमै विद्यार्थीकै लागि आफ्नो गर्बिलो ईतिहास बनाउदै बर्तमानमा समेत गर्वका साथ शिर ठाडो पार्दै अगाडि बडेको संगठन हो ,हामी ठुलो विद्यार्थी संगठन भएकाले समेत निर्वाचन शान्त र वास्तविक विद्यार्थीले नै आफ्नो नेतृत्व चयन गर्न पाउने अवसर सौहार्दता पुर्वक गराउन बिशेष चनाखो रहेका छौ ।

पृथ्वी नारायण क्याम्पसको निर्वाचनमा कस्तो प्रतिस्पर्धा छ ?
यसपाली हामीहरु मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन प्रकियामा शहभागी हुँदै छौ । पृथ्वी नारायण क्याम्पसमा हामीले २२ औं पटक जितिसकेको गर्बिलो ईतिहास हाम्रा सामु छ । हाम्रो संगठन नै पहिलो हुनेछ भन्ने हाम्रो विश्वास हो । मिस्रित प्रणाली भएकोले नेबिसंघ, अखिल क्रान्तिकारी, नया शक्ती विद्यार्थी युनियन लगाएतको पनि उपस्थिती हुन सक्छ स्वबियुमा समानुपातिक प्रणालिको माध्यमबाट प्रतिपर्धा हुने अवस्थामा देशले हेरिरहेको क्याम्पसमा हामीले सकारात्मक सन्देश दिनु आवस्यक छ ।

एमाले भित्र दुई धार छ, तपाइको दृष्टिकोणमा पारिणाम कस्तो रहला ?
एउटा घरमा भान्छा एउटै प्रयोग गरी खाना खादा ढिलो चाडो हुनु स्वाभाबिक नै देखिन्छ, कसैले धेरै खाला कसैले थोरै तर भोको कोही रहन्नन । भान्छा बाट निस्किए पछी बेलुकाको जोहोको लागि नै सबै मिलेर नै संघर्ष गर्दछन, तसर्थ भान्छा भित्रको अलिक अलिक मन भित्रको तुस हात पखाल्दा नै पखाल्ने र फेरी एक माना एकताको साथ अगाडि बढ्ने अनेरास्वबियुका नेता कार्यकर्ताको बिशेषता नै हो तसर्थ यस्ता साना तिना कुराहरुले स्वबियु निर्वाचनमा केही असर पार्ने म देख्दिन, समग्रमा भन्दा हामी अहिले केन्द्रदेखि नै एक ढिक्का भएर नै निर्वाचनको तयारिमा छौ ।

तपाईंहरुले स्वबियु लक्षित विद्यार्थी हित योजना के बनाउनु भएको छ ?
प्रथमतः हामी हाम्रो पहलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गरेको शैक्षिक ऋण सहाएतालाई अक्षरस कार्यान्वन्यन गराउन लाग्नेछौ । साथै हामीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा, नेपालको प्राकृतिक स्रोत साधन केन्द्रित मौलिक शिक्षा, सामान्य जनताको पहुँचमा रहेको सुलभ सहज शिक्षा, अधिकार कर्तब्य र दायित्व बोध गराउने नैतिक शिक्षा, शारीरिक र मानसिक रुपमा समृद्धी कायम गर्ने स्वास्थ्य शिक्षालाई शैक्षिक सुधारका पाँच आधारका रुपमा अगाडि सारेको छौं ।

अखिलहरु त उग्र भएर विद्यार्थी माझ जान्छन, के यो साचो हो ?
तपाईंको प्रश्न प्रती गम्भिर ध्यानाकर्षण भएको छ, खासमा हामी उग्र कृयाशिलता, सक्रियता र रचनात्मकताको सवालमा छौ, तपाइले यिनै पक्षहरुलाई नियालेर अनेरास्वबियुले विद्यार्थी केन्द्रित गतिबिधि गरेकाले समेत यो प्रश्न गर्नु भएको होला । स्वभाव तथा आनिबानीको सवालमा हामी अरु विद्यार्थी संगठनहरुको तुलनामा धेरै सजग र सर्तक छौ, जुन कुरा हाम्रा गतिबिधिहरुले समेत देखाइरहेका हुन्छन् ।

स्वबियु जित्ने अखिलको आधार चाँही के हो नि ?
बिगतमा अनेरास्वबियुको नेतृत्वको स्वबियुले गरेका शैक्षिक बिकासका साथसाथै शिक्षा क्षेत्रको आमुल परिवर्तनको अग्र मोर्चामा अखिल रहनु नै प्रमुख आधार हो ।

विद्यार्थी माझ आफूलाई कसरी चिनाउनु हुन्छ ?
हामी, बिशेष गरी म सानै देखि बालबालिका र विद्यार्थीकै क्षेत्रमा काम गरेको र यही क्षेत्रमा काम गर्न रुचाउने भएकाले विद्यार्थी समस्या समाधान र रचनात्मकताको आन्दोलनको एक अभियन्ता विद्यार्थीको रुपमा आफूलाई चिनाउन चाहन्छु ।

स्वबियुले विद्यार्थीको काम नगरि पार्टीको काम गरेको आरोप छ नि ?
काम गर्ने दौरानमा पार्टीका नेताहरु स्वबियुको कार्यक्रममा आउनु नौलो कुरा रहेन ,नत्र अनेरास्वबियुले जितेका स्वबियुहरु बिल्कुल रचनात्मक क्षमता अभिबृद्धि गराउने कार्यमै केन्द्रित भएको ईतिहास छ, साथसाथै हामीले भौतिक संरचना तयार समेत गराएका छौ, स्वबियुले कस्को काम गरेको छ एकपल्ट पृथ्वीनारायण क्याम्पसको भ्रमण गरेपछि प्रस्टै देखिनेछ त्यस्तै अन्य क्याम्पसहरु जहाँ अनेरास्वबियुले जितेको छ ति क्याम्पसहरु हेर्दा पनि अवस्या थाहा हुन्छ ।

अन्त्यमा केही छ कि ?
धन्यवाद मेरा कुरा राख्ने अवसरको लागि तपाईं लगाएत तपाईंको संचार गृहलाई । अन्त्यमा सम्पूर्ण विद्यार्थीहरुले अनेरास्वबियुको यो शैक्षिक परिवर्तनको अभियानमा हातेमालो गर्नको लागि अनुरोध समेत गर्दछु ।

कमेन्टहरु
Loading...