प्रचण्ड साउन ५ गते जापान जाने

७ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन ५ गते जापान जानु हुने भएको छ । प्रचण्ड पार्टीको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मोर्चाको जुलाई २१ अर्थात साउन ६ गते टोक्योमा हुने अधिवेशनलाई सम्बोधन गर्न जापान जान लाग्नु भएको हो ।

Prachanda६ दिने जापान बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता हुने माओवादी अन्तराष्ट्रिय ब्यूरोका एशिया प्यासिफिक इञ्चार्ज युवराज चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । भ्रमणका क्रममा जापानका सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुसँग समेत भेटवार्ताको प्रयास हुनेछ । अहिलेसम्म भेटवार्ता निश्चित भएको छैन ।

अधिवेशनलाई सफल पार्न मोर्चाका कार्यवाहक अध्यक्ष हवलचन्द्र लामाको संयोवकत्वमा अधिवेशन मुल आयोजक समिति गठन गरिएको छ भने आर्थिक, स्वागत सत्कार एवं सुरक्षा, विधान संशोधन लगायतका उपसमितिहरु समेत गठन भएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84627/#sthash.C0sF9AbW.dpuf

कमेन्टहरु
Loading...