लेखनाथको पण्डितथरमा ६ लाख चोरी

लेखनाथ, १ फागुन/कास्कीको लेखनाथ नगरपालिका वडा नं. २ मा पण्डीतथरमा रहेको एक घरबाट आईतवार दिन दहादै चोरी भएको छ ।

स्थानीय नारायण भण्डारीको घरबाट आईतवार दिउसो करिब १ बजेतिर दश तोला सुनसहित नब्बे हजार नगद चोरी भएको भण्डारीले जानकारी दिए । घरमा कोहि नभएको मौका छोपी घरको मूल ढोकाको चापी फोरेर नगद तथा गरगहना चोरी भएको उनले बताए ।

चोरी भएपछि आफूहरु असुरक्षित भएको भन्दै शान्ती सुव्यवस्थाको कायम हुनु पर्ने स्थानीले माग राखेका छन् । चोरी भएको खवर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनाको चोरीमा संलग्न भएकाहरुको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...