सामुदायीक प्रहरी सेवा जिल्ला समन्वय समिति द्वारा सामान हस्तान्तरण

पोखरा, २८ माघ /सामुदायीक सेवा एबं सामुदायीक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संस्थाको १२ औ बार्षिक उत्सबको अबसरमा लेखनाथ ४ तालवेसी स्थित अमरज्योति आधारभुत प्राथामिक बिद्यालयमा स्टेशनरी सामान हस्तान्तरण गरेको छ ।

कार्यक्रममा अमरज्योति आधारभुत प्राथामिक बिद्यालयका व्यावस्थापन समितिका अध्यक्ष बद्रीनाथ भण्डारीले २ बर्ष अघि स्थापना भई भर्खरै निर्माण कार्य सकिएको विद्यालयलाई सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीबाट स्टेशनरी सामान (स्टील दराज ) हस्तान्तरण गरी बन्दै गरेको घरमा ईट्टा थप्ने काम गरेको बताए ।

विद्यालयका प्रधानाध्यापक मदन प्रकाश बरालले नागरिकहरुको जिउधनको सुरक्षा गर्न सरकारले खडा गरेको व्यक्ति प्रहरीले गर्ने काम कारवाही शुद्व सामाजिक रहने हुदा प्रहरी र नागरिक बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताउदै बुबा आमा नभएको बाबु नानीहरु धेरै रहेको यस बिद्यालयमा आएर सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले बिद्यालयलाई आबश्यक रहेको स्टेशनरी सामान ( स्टील दराज) प्रदान गरेकोमा संस्थाको उत्तरोउत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।

“सही र महत्वपुर्ण स्थानमा आएका रहेछौ खुसी छौ“ सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बद्रीनाथ भण्डारीलाई दराजको चावी हस्तन्तरण गर्दै बताउनु भयो ।

कार्य समिति सदस्य दुर्गादेबी पहारीले कार्यक्रम माथि प्रकाश पारी स्बागत मन्तव्य रहेको कार्यक्रममा कार्य समिति सदस्य उत्तम जोसी,मिना ढकाल, प्रहरी हबल्दार शिब ढकाल ,प्रहरी जवान दिपक ढकाल,सुकमाया गुरुङ,कार्यक्रम संयोजक धन बहादुर बिक,स्थानिय आमा समुह,टोल विकास समिति,टोल विकास संस्थ नगर समन्वय समितिको सहभागीता रहेको कार्यक्रममा उपस्थित आमा समुहहरुलाई लागु औषध सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्य समिति सदस्य उत्तम जोसीको धन्याबाद व्यक्त गरेको कार्यक्रमको संचालन प्रहरी नायव निरीक्षक होत बहादुर रोकाहाले गरेका थिए ।

कमेन्टहरु
Loading...